FLASH NEWS

भावी प्रधानसेनापतिको लाग्यो टुंगो, सिग्देल रथीमा बढुवा


नेपाल आवाज २१ मंसिर २०८०, बिहीबार १४:०२ मा प्रकाशित १४११ पाठक संख्या

काठमाडौं- सरकारले रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ। अशोकराज सिग्देल बढुवा भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाली सेनाको रिक्त एक रथी पदमा वरिष्ठतम उपरथी सिग्देललाई  गरेको हो।


बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको लाइनमा बसेका छन्। अर्को एक रथी पद पुसमा रिक्त हुँदैछ ।

उनी वरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको भदौमा प्रधान सेनापति बढुवा हुनेछन्। बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको छ।

यस अगाडि सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाउन सिफारिस भएपछि उमेरको विवादमा परेका थिए। उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।