FLASH NEWS

डा. गोविन्द केसीले तोडे अनशन


नेपाल आवाज २ पुष २०८०, सोमबार २२:०१ मा प्रकाशित १०५७ पाठक संख्या

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन्।


डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका-७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए। अनशन तोडेपछि डा. केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुँदैछन्।