FLASH NEWS

प्रमुख प्रतिपक्षी दल एमालेले माग्यो तीन मन्त्रीको राजीनामा


नेपाल आवाज १० फाल्गुन २०८०, बिहीबार १२:०२ मा प्रकाशित ६०१ पाठक संख्या

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टेरामक्स भ्रष्टाचार मुद्दमा बयान दिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, रामग्राम प्राइभेट कम्पनीलाई दिने पर्यटनमन्त्री सुदन किँराती र बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तुरुन्त पदमुक्त गर्न एमालेले माग राखेको छ ।


बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका तर्फबाट रघुजी पन्तले यी तीन मन्त्रीलाई तुरुन्त पदमुक्त गराएर सुशासन कायम गर्न माग गरेका हुन् ।

उनले सरकार र प्रधानमन्त्रीको भनाई गराइमा फरक परेको दाबी गरेका छन् । अख्तियारमा बयान दिएको मन्त्री क्याबिनेटमा राखेर सुशासन कायम नहुने उनको भनाई थियो ।

त्यस्तै, राश्वपाका सांसद विराजभक्त श्रेष्ठ र राप्रपाका ज्ञानबहादुर शाहीले समेत उनीहरूलाई तुरुन्त पदमुक्त गर्न माग गरेका छन् ।