FLASH NEWS

लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १४:१७ मा प्रकाशित ७८७ पाठक संख्या

काठमाडौं – नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् ।


महतोले लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका हुन् ।

काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे । बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरे ।

यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो । महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए ।