FLASH NEWS

साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित


नेपाल आवाज १९ फाल्गुन २०८०, शनिबार २१:३४ मा प्रकाशित २६८९ पाठक संख्या

काठमाडौं – काठमाडौंमा जारी साफ यु–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।


ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल गत संस्करणको उपविजेता बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो। बंगलादेशको जितमा सौरभी प्रितीले दुवै गोल गरिन्।

खेलको २५ औं मिनेटमा उनले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। त्यस्तै पेनाल्टीमार्फत ३१ औं मिनेटमा उनले बंगलादेशका लागि दोस्रो गोल गरिन्।

अब नेपालले दोश्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ। लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ।

सिंहल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको लिग चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन । फाइनल यही मार्च १० तारीखका दिन हुनेछ ।