FLASH NEWS

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी


नेपाल आवाज २२ फाल्गुन २०८०, मंगलवार १८:०१ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालवुटारमा नयाँ सत्ता गठबन्धनको बैठक जारी रहेको छ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन बैठक बसेको हो । बैठक दिउँसो ३ बजे बस्ने भनिएपनि केही ढिला गरी सुरु भएको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पुराना सबै मन्त्रीहरूलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा शपथग्रहण गरेका छन् । उनीहरुलाई अहिलेसम्म जिम्मेवारी भने दिइएको छैन ।