FLASH NEWS

नयाँ गृहमन्त्रीको ‘स्प्रिट’ अनुसार काम गर्न आईजीपीको निर्देशन


नेपाल आवाज २४ फाल्गुन २०८०, बिहीबार २१:०४ मा प्रकाशित ११०५ पाठक संख्या

काठमाडौं – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नव नियुक्त गृहमन्त्री रवि लामिछानेको ‘स्प्रिट’अनुसार काम गर्न प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरीहरूलाई निर्देशन दिएका छन् ।


बिहीबार भिडियो कन्फरेन्समार्फत देशभरिका प्रहरी इन्चार्जलाई निर्देशन दिँदै उनले शान्ति सुरक्षामा त्रुटिरहित ढंगले काम गर्न भनेका हुन् ।
गृहमन्त्री लामिछानेले बुधबार मन्त्रालयमा प्रहरी महानिरीक्षकलाई निर्देशन दिँदै कानुनको पालनामा कसैको दबाबमा नपर्न भनेका थिए ।
साथै, चोरी तस्करी नियन्त्रणलाई विशेष प्राथमिकता दिन उनले भनेका छन् । लामिछानेको निर्देशनलाई प्रहरी महानिरीक्षक कुँवरले देशभरिका प्रहरीलाई कार्यान्वयनका लागि आदेश दिएका हुन् ।