FLASH NEWS

नेप्से परिसूचक २८ अंकले घट्यो


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १५:११ मा प्रकाशित ६५५ पाठक संख्या

काठमाडौं । नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घटेको सेयर बजार २०८०.८७ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ ।


यसदिन ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।