FLASH NEWS

दार्चुलामा जिप दुर्घटना


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १७:५५ मा प्रकाशित १३९ पाठक संख्या

दार्चुला, १ चैत । दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।


बिहीबार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

उक्त दुर्घनामा परेर गाडीमा सवार रहेका अन्दाजी २४ वर्षीय धनबहादुर बोहरा घाइते भएका छन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। गाडीमा चालकसहित ४ जना सवार रहेकोमा अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ। गाडी अनयन्त्रित भएर दुर्घटना भएको हो।