FLASH NEWS

अश्लिल भिडियो बनाएको आरोपमा एक जना पक्राउ


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १८:१९ मा प्रकाशित १४५३ पाठक संख्या

वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन्।


स्थानीयहरूले अहमदले गाउाँपलिका क्षेत्र भित्रका सयौको  संख्यामा स्कुल पढ़ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन्।

प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ। वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ।

दोषीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने भन्दै स्थानीय युवाहरूले टायर बालेर प्रर्दशन गर्नुका साथै बजार बन्द गराएका छन्। स्थितिलाई नियन्त्रणमा लिनका लागि इप्रका पोखरीया, बिओपी भिस्वाकाे परिचालन गरिएकाे छ।