FLASH NEWS

राष्ट्रिय सभाका दुई विषयगत समिति सभापतिद्वारा शपथ ग्रहण


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १४:२० मा प्रकाशित ६४३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


सोमबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

दुई समितिको सभापतिमा एकमात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए ।