FLASH NEWS

ह्वातै बढयो सुनको भाउ, प्रतितोला कति पुग्यो?


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार ११:०६ मा प्रकाशित ४४५ पाठक संख्या

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।