FLASH NEWS

दरबारमार्ग २४ सैँ घण्टा खुलाउन गृहमन्त्री लामिछानेको निर्देशन


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १७:१९ मा प्रकाशित ४५१ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र२४ सैँ घण्टा खुलाउन निर्देशन दिएका छन्।


सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र२४ सैँ घण्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन्।

जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः२४ सैँ घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ ।

सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।