FLASH NEWS

नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह


नेपाल आवाज १० चैत्र २०८०, शनिबार १३:१४ मा प्रकाशित ७३३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबीच भेटवार्ता भएको छ ।


भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्तिलाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

भेटवार्ता सकारात्मक भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको छ।