FLASH NEWS

विप्लव र एरिका युएसए ओपन अन्तर्राष्ट्रिय कराते खेल्दै


नेपाल आवाज १२ चैत्र २०८०, सोमबार १३:०९ मा प्रकाशित ६७९ पाठक संख्या

काठमाडौँ । विप्लवमान श्रेष्ठ र एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्ने भएका छन् । यहि मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा सो प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


सो प्रतियोगितामा विप्लवलाल श्रेष्ठ पुरुष ८४ केजीमाथि र एरिका गुरुङ महिला ६८ केजीमाथिको उमेर समुहमा प्रतिष्पर्धा गर्दै छन् । साथै उनीहरुको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।