FLASH NEWS

विमानस्थलबाट १५ किलो चरेस बरामद


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार १९:२५ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो अवैध लागूऔषध चरेस बरामद भएको छ ।


विदेश लैजाँदै गरेको सो चरेस प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेर आज सार्वजनिक गरेको हो ।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई ल्याइएको अवस्थामा उक्त चरेस मंगलबार फेला पारी बरामद गरिएको थियो ।

बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ ।