FLASH NEWS

ह्वातै बढयो सुनको भाउ, प्रतितोला कति पुग्यो ?


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार ११:५७ मा प्रकाशित ३९७ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ हजार १ सय रुपयाँले बढेर तोलामा १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको हो ।


यस्तै, विहिबार तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।