FLASH NEWS

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन


नेपाल आवाज १६ चैत्र २०८०, शुक्रबार ०७:१९ मा प्रकाशित ३४९ पाठक संख्या

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।


विहिबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय ९कोड नं. ४२२० र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय ९कोड नं। ४१२० का उत्तरपुस्तिकाहरू हराएको थियो ।

यस सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचार  र जनमानसमा उत्पन्न चासो तथा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समिति गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यही चैत २१ गते उत्तरपुस्तिका हराएका विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना समेत प्रकाशित भइसकेको विश्वविद्यालयले जनाएको छ ।