FLASH NEWS

व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्धामा अदालतको सफाई


नेपाल आवाज १६ चैत्र २०८०, शुक्रबार १४:३९ मा प्रकाशित ४१५ पाठक संख्या

चितवन । व्यवसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्धामा अदालतले सफाई दिएको छ । विहिबार चितवन जिल्ला अदालतका न्यायाधीश डा। दिवाकर भट्टको एकल इजलासले दाबि नपुगेको भन्दै सफाई दिएको हो ।


चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यवसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्धा लागेको थियो । व्यवसायी कँडेल गत बैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा फेला परेको सुसाइट नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो ।  सोहि आधारमा प्रहरीले व्य्वासायी रुङटा र जीवन बहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेको थियो ।