FLASH NEWS

अमेरिकी डलरको भाउ स्थिर, कस्तो छ अन्य मुद्राको विनिमयदर?


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार ०९:१० मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०।१५ पैसा कायम गरिएको छ ।


सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि सोहीमूल्यमा डलरको कारोबार भएको थियो ।

सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७४ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो ०८ पैसाले बढेको छ ।आइतबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३१ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ १० पैसा र बिक्रीदर १६८ रूपैयाँ ८६ पैसा कायम गरिएको छ । सोमबार १६ पैसाले पाउण्डको भाउ बढेको छ । आइतबार भने यसको खरिददर १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६९ पैसा रहेको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८४ र बिक्रीदर ८७ रूपैयाँ २३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ १८ पैसा र बिक्रीदर २८ रूपैयाँ ३१ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ७३ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।