FLASH NEWS

पूर्वराजालाई महाकुम्भ मेलाको निमन्त्रणा पत्र बुझाउन खोज्दा सकस : सचिवालयले देखाएन चासो


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार १२:१४ मा प्रकाशित ६९९१ पाठक संख्या

बराहक्षेत्र , चतराधाममा यहि २०८० चैत्र २७ देखि बैसाख २८ सम्म हुन गईरहेको महाकुम्भ मेलाको निमन्त्रणा पत्र पूर्वराजालाई बुझाउनको लागि ३ जनाको टोलि चतराबाट प्रस्थान गरेको छ ।


( तस्बिरमा विश्व हिन्दु परिषद नेपालका अधक्ष देवराज अधिकारी )

टोलिमा विश्व हिन्दु परिषद नेपालका अधक्ष देवराज अधिकारी , दरबारका पूर्व कर्मचारी सुरेश आचार्य तथा एवान टाईम टिभिका संचालक सन्जिव न्यौपाने रहेका छन् ।

निमन्त्रणा पत्र सहित जगदगुरु बालसन्तले ३ जनाको टोलि पूर्वराजाको निमन्त्रणामा पठाएका हुन् ।

काठमाडौ आईपुगेको टोलिका प्रमुख देवराज अधिकारिका अनुसार टोलिले पूर्वराजाकै हातमा निमन्त्रणा बुझाउन चाहिरहेको तथा पूर्वराजासम्म पुग्ने संयन्त्रको खोजिमा टोलि रहेका छन् तर महाकुम्भ मेलाको निमन्त्रणा सचिवालयमा दर्ता गराईदिनु , भेटको लागि संभव हुन गारो छ भन्ने जानकारी आएपछी पूर्वराजाको सचिवालयले भेटको लागि चासो नदेखाएको तथा कुम्भमेलाको निमन्त्रणालाई पनि चासोका साथ नलिएको बुझिएको छ ।

यसअघि नै पूर्वराजासंग चतरा जगदगुरु आश्रमबाट सम्पर्कमा आउन खोज्दा पूर्वराजालाई सम्पर्कमा लिन नसकेको तथा निर्मल निवासको सचिवालयले पनि कुनै चासो नदिएको खबरहरु बाहिरिएका थिए ।

चतरामा महाकुम्भ मेला लागिरहँदा पूर्वराजाको भने पस्चिममा धार्मिक भ्रमण तय भएको जानकारी पूर्वराजाको सचिवालयले दिएको छ । यो संगै पूर्वराजा महाकुम्भ मेलामा सहभागी हुने संभावना न्यून रहेको बुझिएको छ ।

बिश्वका हिन्दुहरुले हिन्दु सम्राटका रुपमा हेर्ने पूर्वराजाले आफैंले चासो देखाउनुपर्ने कार्यक्रममा आयोजक समितिले निमन्त्रणा पठाउँदा समेत सचिवालयले भेटको समय तय गराउन नसक्नुलाई पूर्वराजाको सचिवालयको कमजोरिको रुपमा हेरिएको छ ।