FLASH NEWS

मगलबार घटयो सुनको भाउ


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १२:२४ मा प्रकाशित ३७३ पाठक संख्या

काठमाडौँ। मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सयले घटेको हो ।


सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक लाख ३१ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुन एक लाख ३० हजार ५५० मा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ५४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।