FLASH NEWS

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड


नेपाल आवाज २२ चैत्र २०८०, बिहीबार २०:४५ मा प्रकाशित ४७५ पाठक संख्या

चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो ।


गत बर्ष यहि अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो ।त्यस्तै राष्ट्रबैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको संचितीले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।