FLASH NEWS

बिधा बालन माग्थिन् पाँचतारे होटल अगाडी भिख, पुरै कुरा जान्नुहोस्


नेपाल आवाज ७ बैशाख २०८१, शुक्रबार १०:२८ मा प्रकाशित ४०३ पाठक संख्या

मुम्बई । यी अभिनेत्रीले आफ्नो करियरमा अहिलेसम्म धेरै उत्कृष्ट फिल्म गरिसकेकी छिन् ।


उनी निकै विलासी जीवन बिताउँछिन् । तर एक पटक उनले पनि भिख माग्नु परेको थियो भने सायदै पत्याउनु हुन्न । यसको खुलासा अभिनेत्री स्वयमले गरेकी छिन् ।

यी अभिनेत्री अरु कोहि नभई विद्या बालन हुन् । विद्याले  ‘परिणीता’, ‘कहानी’, ‘लगे रहो मुन्ना भाई’, ‘बेगम जान’ जस्ता फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा स्थान बनाएकी छिन् । अहिले नायिका  ‘दो और दो प्यार’ बाट सिल्वर स्क्रिनमा कमब्याक गर्दैछिन् ।

निकै विलासी जीवन जिउने विद्याले एकपटक पाँच तारे होटल बाहिर भिख माग्नु परेको खुलासा गरेकी छिन् । अब थाहा पाउनुहोस, खासमा के भएको थियो ?

म्यासेबल इन्डियालाई दिएको अन्तर्वार्तामा विद्याले भनिन्, ‘हाम्रो आइएमजी अर्थात् इन्डियन म्युजिक ग्रुप थियो । उनले प्रत्येक वर्ष शास्त्रीय संगीत कन्सर्ट, भारतीय क्लासिक संगीत कन्सर्टहरू आयोजना गर्थे। यो कन्सर्ट तीन दिनसम्म रातभर चलेको थियो। यो धेरै अद्भुत थियो। म पनि सोही आयोजक समितिमा थिएँ । वास्तवमा म स्वयंसेवक थिएँ। कार्यक्रम मिलाउन सहयोग गर्थ्यौं र राति कार्यक्रम सकिएपछि नरिमन प्वाइन्ट घुम्न जान्थ्यौं ।’

विद्याले थप खुलासा गरिन्, ‘एकपटक मलाई चुनौती दिइयो । उसले मलाई पाँचतारे होटल ओबेरोय द पाम्सको कफी सपको ढोका ढकढकाएर केही खाने कुरा माग्न भनियो।

विद्याले थप भनिन्,  ‘म एक अभिनेता थिएँ, उनलाई यो थाहा थिएन । मैले लगातार ढोका ढकढकाउन थालें। सबैलाई रिस उठ्न थाल्यो । मैले धेरै पटक ढकढक्याएँ। मैले भनें, ‘प्लिज मलाई भोक लागेको छ। हिजोदेखि मैले केही खाएको छैन ।’ केही समय पछि उनीहरू अर्कै दिशामा हेर्न थाले । त्यसपछि मेरो साथी लज्जित भयो र मलाई आउन आग्रह गर्नुभयो। यद्यपि मैले शर्त जितें।’

विद्याले भनिन्,  ‘मलाई त्यो चुनौती जिम जाम बिस्कुटका लागि दिइएको थियो । कन्सर्टको लागि हाम्रो प्रायोजक ब्रिटानिया थियो र हामीसँग धेरै बिस्कुटहरू थिए। तर मैले जितेँ भने जिम जामको एक्स्ट्रा प्याकेट पाउँछु भनेँ र त्यो पनि पाएँ।’

पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौंको मालिक हुन । मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल नेटवर्थ १३६ करोड रुपैयाँ छ। विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ । निर्माताले आफ्नी श्रीमतीलाई १४ करोड रुपैयाँको हवेली पनि उपहार दिएका थिए । हाल विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन् ।