FLASH NEWS

नहरको इन्टेकमा बालक मृत फेला


नेपाल आवाज २ जेष्ठ २०८१, बुधबार १८:३४ मा प्रकाशित १५८५ पाठक संख्या

धनगढी । कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्। लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन।


जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलाशको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।