FLASH NEWS

प्रभु बैंकले राख्यो ६९ हजार कित्ता शेयर बिक्रीमा


नेपाल आवाज ३० जेष्ठ २०८१, बुधबार ०७:२७ मा प्रकाशित ९८५ पाठक संख्या

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो।


यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।