FLASH NEWS

तिनकुने घटना ” राजावादी आन्दोलन ” कि ” हत्याकाण्ड ” ? यस्तो छ मिडियाले लुकाएका तथ्यहरु


नेपाल आवाज २० चैत्र २०८१, बिहीबार १६:४९ मा प्रकाशित ११९९५ पाठक संख्या

आजको लेख पाठकहरुलाई तिनकुने घटनाबारे बुझाउने रहेको छ। राज्यको चौथो अङ्गको निकम्मापन अनि राज्यको गैरजिम्मेवारीबारे प्राय मौन रहेको अवस्थामा नेपाल आवाज डट कम संचालकको यो लेखले पत्रकारिता क्षेत्रमा कोशेढुङ्गा हुने आंकलन गर्दै यो लेख तयार गरिएको छ। 

लेखक : संजिव न्यौपाने संचालक : नेपालआवाज डट कम 

चैत १५ गते । नेपाल इतिहाँसको अर्को कालो दिन। यो कालो दिनमा एक हुल अराजक मान्छे आएर जुन वितण्डा गरे त्यो क्षमा गर्न लायक थिएन। यो घटना पश्चात अनेक कोणबाट यसको व्याख्या भयो र अन्तत : सम्पूर्ण घटनाको दोष राजा ज्ञानेन्द्रमाथि थुपारियो।


दोष नथुप्रियोस पनि कसरि ? यो घटना घटाउने आन्दोलन हुनु केहि समय अघि आन्दोलन कमाण्डर दुर्गा प्रसाईलाई उनले निक्कैबेर भेट र निर्देशन दिएको कुरा कार्यक्रम अघि नै बाहिरिएको थियो। यो नियोजित थियो वा सत्य ? त्यो त थाहा भएन तर समाचारहरु चाहिँ त्यसैगरी आएका थिए।

कार्यक्रमको स्टेजमा दुर्गा प्रसाई र राजा ज्ञानेन्द्रको मात्र फोटो भएको ब्यानर टाँस्न लगाउनुले पनि सम्पूर्ण घटनाको योजनाकार ज्ञानेन्द्र शाह नै भएको दोष उनमा गएको हो। धन्न त्यो दिन जडिबुटिको २० टन तेल जलेर जडिबुटि क्षेत्र नै ध्वस्त भएन नत्र हजारौंको हताहत , अर्बौं क्षति र ति सबैको दोषी करारनामा लगाउँदै अन्तराष्ट्रिय अपराध अनुसन्धान अदालतमा ज्ञानेन्द्र शाह तानिने पक्का थियो।

भन्न खोजेको विषय के हो भने ? यो निक्कै संवेदनशिल घटना थियो। यहाँ ठूलै जिउधनको क्षति हुनसक्थ्यो तर धन्न इश्वरको कृपाले त्यो रोक्कियो।

यस्तो संवेदनशिल घटना जहाँ एकजना पत्रकार जिउँदै जलेर मरे ( खै कसले जलायो ? प्रमाणित छैन ) , एकजना बाटोमा हिंड्दै गरेका नागरिक प्रहरीको गोलीबाट मरे , २० जनालाई ताकि-ताकि गोलि हानियो , ६० राउण्ड त गोलि मात्र चल्यो , त्यस्तो घटनालाई राज्य तथा केहि पत्रकार र पत्रिका यसलाई ” राजावादी आन्दोलन “ भनेर पन्छिन खोजेका छन् जबकि यो ” राजवादि आन्दोलन ” नभई ” तिनकुने हत्याकाण्ड “ थियो।

यो त्यत्तिकै जटिल घटना हो जुन घटना गौर हत्याकाण्ड , दरबार हत्याकाण्ड , कोतपर्व , भण्डारखालपर्व सरहकै नियोजित र प्रायोजित दुवै देखिन्थ्यो।

ति पर्व र काण्डहरुमा ठूला परिवार र शक्तिशाली परिवार संलग्न भएकाले गर्दा ति घटना चर्चित भए तर यो घटनामा बटुवा , मजदुर , कर्मचारि र साधारण जनता परेको हुनाले सबै मिडिया र राज्य यो घटनालाई ” राजावादी आन्दोलन ” नाम दिएर पन्छिन तयार भए जबकि यो ” तिनकुने हत्याकाण्ड ” नै थियो।

अब हामि चर्चा गर्नेछौं , यो हत्याकाण्डमा नेपालका पत्रिकाहरु कसरि प्रयोग भए ?

नेपालका पत्रकार तथा पत्रिकाहरु 

नेपालका पत्रिका तथा पत्रकारहरु हाल समाचार लेख्ने र सत्यतथ्य सूचना दिनेभन्दा पनि लोकतान्त्रिक गणतन्त्र टिकाईदिने जिम्मेवारी बढि निभाईरहेको देख्न सकिन्छ।

अन्तरास्ट्रिय रिपोर्ट नै आईसकेको छ कि , नेपालको संघियता , धर्म निरपेक्षता टिकाउन मात्र हैन नेपालको धर्म र संस्कृतिप्रति वितृष्णा फैलाउन जर्ज सोरोसको ओपन सोसाईटी फाउन्डेसन मार्फत आउने युएसए आईडिको पैसा लिएर नेपालका अधिकांश मिडियाहरु चलिरहेको मात्र हैन बरु उनीहरुको मूख्य आम्दानीको श्रोत नै त्यहि हो। त्यही पैसाले उनिहरु मिडिया चलाउँछन् र काठमाडौमा घर घडेरी जोड्ने काम गर्छन् ।

यिनै तथ्यहरु काफि छन् । जसरि एउटा खेतालाले मालिकले अर्हाएको काम भन्दा विपरित काम गरेमा ज्याला नपाउने भय रहन्छ ठिक त्यसैगरी नेपालका मिडियाहरुले यो लोकतान्त्रिक व्यवस्थाका कमाजोरिहरुबारे लेखेमा त्यो लगानी गरिदिने विदेशिले उ माथिकै प्रहार उसले ठान्छ र दिएको डलर रोकिदिन्छ ।

यो अर्थमा नेपालका मिडियाहरु डलरको मोहले यो व्यवस्थाका कमजोरिहरु लुकाउन चाहन्छन। कमजोरी बोल्नथालेमा हिजोसम्म रकम लिएर मालिकको भाषा बोल्ने दलाललाई हलाल गर्नु त्यो मालिकको लागि कुनै असजिलो काम हैन । यस अर्थमा दलाली गरेर बफादारी ननिभाएमा यी सबैको ज्यानमा पनि जोखिम छ । पेट पाल्नकै लागि पत्रकारहरु यो हदसम्म गिर्ने गर्छन् जहाँ देशको स्वाभिमान र जनताप्रतिको उत्तरदायित्वलाई दाउमा लगाईन्छ।

यसरि कमजोरी लुकाउँदा उसलाई अर्को पनि फाईदा हुन्छ , त्यो हो ” बिज्ञापन ” , चाहे बिज्ञापन बोर्ड होस् वा कर्पोरेट हाउस , जहाँबाट बिज्ञापन लिनको लागि पनि ठूला नेताकै भनसुन चाहिन्छ र उनैको बिरोध गर्दा बिज्ञापन नपाईने डर रहन्छ। त्यसैले पनि उनका विरुद्ध बोल्न मिडियाहरु डराउँछन् ।

मिडियाको घाँटी एकातर्फ विदेशीले अनि अर्कोतर्फ ठूला नेता र राजनीतक दलहरुले निमोठेपछि मिडियाले सत्यतथ्य कसरी लेखोस ?

त्यहिँमाथि एजेन्सीको भर परेर न्युज बटुल्ने मिडियाको न रिपोर्टर छ आजभोलि न त क्यामराम्यान किनकि एजेन्सीले नै आजभोलि भिडीयो , समाचार र फोटोहरु दिनेगर्छ। त्यसैले त सबै मिडियामा एकैखाले र एउटै समाचारहरु आउने गर्छन्।

यसपालि नेपालका मिडिया यतिसम्म गैरजिम्मेवार बनिदिए कि , प्रहरीको गोलि २० जनालाई लागेको कुरा प्रहरीकै पत्रकार सम्मेलन पश्चात मात्र थाहा भयो। त्यो अघि यो कुराको जानकारी नै कसैलाई भएन। यहीँबाट थाहा हुन्छ कि मिडियाहरु सत्य कुरा लुकाउन कति प्रयत्नशिल थिए ?

यतिसम्म घृणित भूमिका मिडियाहरुको देख्न पाईएला भनेर कल्पना समेत गरिएको थिएन जहाँ आफ्नै सहकर्मी जिउँदै जलिरहेका थिए त्यो घटनामा विना प्रमाण उक्त जलाउने काम राजावादीकै हो भनेर भनियो जबकि कसले जलायो ?उनी कसरि जले ? न विध्युत सर्ट भएर आगलागी भयो , न भिजलान्तेले जलाए , या न त राजावादी वा अरु कसैले जलाए ? त्यो प्रमाणित भएको खै ? यत्तिकै समाचारमा ” राजावादीले जलाए ” भनेर ठोकुवा गर्ने आधार के थियो ?

एक-दुईवटा मिडियाले त हद नै पार गरे , राजा ज्ञानेन्द्रलाई कुन-कुन दफा र कुन-कुन आधारमा के-के कारवाही हुन्छ ?? समेत सर्वोच्चकै न्यायाधीशले जसरि फैसला सुनाएर लेखिदिए जबकि यसरि फैसला सुनाउने काम मिडियाको हैन।  एकातिर यस्तो ठोकुवा गर्ने मिडियाहरु उतातिर राज्यले गरेको अपराधबारे भने सबै मौन नै रहीरहे र एकै धारणा बनाएर सबैतिर सर्कुलर नै भएको जसरी सबैले एउटै कुरा , एकै भाषामा प्रशारण गरे।

यहाँ न त भाटभटेनि लुट्ने राजावादी नै हुन् भन्ने प्रमाणीत भएको छ न त जडिबुटि जलाउने नै । हैन भने राज्यले भनोस् न त फलानो व्यक्ति, फलानो संगठनको , हो उसैले जलाएको , उसैले लुटेको , उसैले सबै गरेको।

अन्यथा यी कुनैपनि कुराको कुनै प्रमाण र आधार नै नभई मिडियाहरुले कसरि “राजावादीले जलाएको जडिबुटि “ , ” राजावादीले जलाएका पत्रकार “ , ” राजावादीले लुटेको भाटभटेनि “ जस्ता शिर्षकहरु बनाईरहेका थिए ? यो आफैंमा असाध्यै उदेकलाग्दो छ। लाग्छ स्क्रिप्ट पहिल्यै तयार थियो।

यहाँसम्म कि ताकि-ताकि राज्यले कामबाट फर्किदै गरेको दाजु बाहिनिलाई तिघ्रा छेड्ने गरि गोलि ठोक्यो , सिभिल ड्रेसमा पेस्तोल लिएर प्रहरीले नाङ्गो नाच देखायो , २० जनालाई गोलि लाग्यो , ६० राउण्ड गोलि चल्यो , कैयौंको अंगभंग भयो , जडिबुटि उद्योग जलाई जडिबुटि क्षेत्र नै ध्वस्त पार्न खोजियो अनि यस्तो नरसंहारलाई ” राजावादी आद्नोलन ” को नाम दिई ” तिनकुने हत्याकाण्ड र राज्य आतंक “ लुकाउन तल्लिन पत्रिका, तिनका सम्पादक , तिनका पत्रकारहरुबारे जति लेखे पनि लेख अन्त्य हुन नै मान्दैन।

तिनले अन्त्यमा सोचे होला , अरुलाई दोष लगाउनुभन्दा बरु जति दोष दिए पनि नबोल्ने र मौन बस्ने , केहि गर्न नसक्ने लाचार त्यहि एउटा ” ज्ञानेन्द्र शाह ” छन्। त्यसैले उनैलाई नै दोष थुपारीदिउँ , टन्टा नै साफ ! त्यसो हुँदा बिज्ञापन पनि सुरक्षित हुने अनि विदेशी डोनेसन पनि नरोक्कीने , कसैले प्रतिकार पनि नगर्ने।

तर मेरो प्रश्न , के यसरि सत्य लुकाउने र सत्यलाई असत्य अनि असत्यलाई सत्य बनाएर लेख्ने मिडियामाथि भोलि राज्यले निरंकुशता देखाए वा यस्तै व्यवहार देखाए त्यतिखेर यी मिडियाहरुले कसैको साथ पाउलान त ? यहि बिचमा पनि केहिले भने सत्यको प्रशारण गरे ,सत्य लेखे तिनको साहसलाई चाहिँ सलाम छ।

नेपाल सरकार र गणतान्त्रिक नेताहरु 

राजावादीहरुले आन्दोलन गर्दैछन् भन्ने सरकारलाई पहिल्यै ज्ञान थियो। फलस्वरूप महान सर्वहारा कमरेडले त्यसै दिन लोकतन्त्र रक्षाको लागि भनेर कार्यक्रम जुधाए।

मति गतिलो भएको र अपराधि मानसिकता नभएको व्यक्तिले कदापि आफ्नो फरक विचार राख्ने मैदानमा ओर्लिएकै बेलामा आफू त्यहि मैदानमा गएर चिच्याउने काम गर्दैन। यसैबाट थाहा हुन्छ कि सर्वहारा नेताको भिड्ने नै मनसाय थियो।

भिड्ने मनसायसाथ उत्रिएका कामरेडले अरु दलको साथ लिएर सडकमा ओर्लिएका मात्र के थिए , राज्यले यति फितलो जवाफ दियो कि त्यो केटाकेटीले पनि त्यस्तो निम्नस्तरको र सतही जवाफ दिदैंन। प्रधानमन्त्री भन्दैथिए , ” २ – ४ हजार मान्छे आउलान त्यो दैनिक आईरहेका छन्। ”

नभन्दै , राज्यको सूचना अनुसार त्यहि २ – ४ हजार मान्छे नै आए र सोहि क्रममा ४००० बढि प्रहरी र सुरक्षाकर्मी तैनाथ गरियो। यो हिसाबले एकजना सुरक्षाकर्मी बराबर एकजना आन्दोलनकारी हुन्छ।

एक-एक जनालाई समाउदै नियन्त्रण गर्नसकिने अवस्था छ तर कार्यक्रम चल्दा चल्दै ” डिपफेक भिडीयो “ मा देखिएको अश्रु ग्याँस स्टेजमा राष्ट्रिय गान गाउँदा गाउँदै झर्न थाल्छ। भिड आक्रोशित बन्छ र त्यसपछि भवन जल्छ , तोडिन्छ र गोलि चल्छ। कैयौं अंगभंग , कैयौं हताहत , लुटपाट , आतंक र आगजनी मच्चिन्छ।

दुर्गा प्रसाई गाडि लिएर प्रहरी तिर नै हानिन्छन् तर सर्वसाधारणलाई गोलि हान्ने प्रहरीले दुर्गालाई रोक्न बल प्रयोग गर्दैन बरु उल्टै निरिह बनेर जान दिन्छ। दुर्गा गाडिबाट ओर्लिन्छन , एकैछिन समाए जस्तो गरेर फेरी राज्यले छाडिदिन्छ अनि दुर्गा मन्चमा आएर पुन : बोल्नथाल्छन्।

यस क्रममा प्रदर्शन अझै भड्किन्छ अनि दुर्गा फरार हुन्छन् , प्रहरी खोजेको खोज्यै हुन्छ जबकि राप्रपा नेता रविन्द्र मिश्र र धवल समशेर राणा भने पक्राउ पर्छन् र कैयौं राजावादी पक्राउ पर्छन् मात्र हैन उनीहरुमाथि सार्वजनिक अपराध, संगठित अपराध लगायत कैयौं मुद्दा ठोकिन्छ।

८६ वर्षे नवराज सुवेदी घरमै नजरवन्द राखिन्छ , खोजि खोजि राजाका समर्थकलाई पक्राउ गरिन्छ। उदेकलाग्दो विषय आजसम्म पनि प्रहरीले नै छाडेको दुर्गा प्रसाई कहाँ छन् ? कसैलाई थाहा छैन । भोलि उनले अर्को विध्वंस सुरु गरे भने त्यसको जिम्मा कसले लिन्छ ?

राजावादी आन्दोलनपछि बसेको सर्वदलिय बैठक र दलहरुको सहमतिमा सबै घटनाको दोषी राजा ज्ञानेन्द्र शाहलाई बनाईन्छ र उनलाई दिएको सुविधा खोसिन्छ , यहाँसम्म कि बसेको ठाउँबाटै लखेट्नेसम्मको अभिव्यक्ति दलहरुबाट नै आउँछन्।

अब लोकतन्त्र जोगाउन भनेर एमालेका केटाहरु बाईक र्यालि गर्छन् र ” बा ” हरुको जयजयकार गर्दै यस्ता र्यालीहरु देशैभरि देखाईने मात्र हैन अब गणतन्त्र समर्थन र राजसंस्था विरुद्ध सडक संघर्ष नै घोषणा हुन्छ भने जो सत्ता र शक्तिमा बसेर यस्तो तमासा देखाउने दलहरुको अकर्मण्यताबारे जति चर्चा गरेपनि कम नै ठहर्छ।

मानवअधिकारवादीहरुको भूमीका  

तिनकुने हत्याकाण्डको रेखदेख गरिरहेका मानवअधिकारवादीहरुले आन्दोलनकारि र गोलि लागेका निर्दोष नागरिकलाई मानव देख्दैन रहेछन बरु पशु देख्दा रहेछन् नत्र किन मानवअधिकारवादीहरु मानवको अधिकारबारे बोलिरहेका छैनन् ? कसले रोकेको छ तिनको मुख ?

यसको पनि उत्तर चाहिँ सहज छ। मानवअधिकारवादी संस्थाबारे हालै अमेरिकामा निर्वाचित डोनाल्ड ट्रंप भन्छन् कि यो फ़्रड संस्था हो। यो संस्था विश्वभर राजनीति गर्न , देशमा भित्रि राजनीतिमा खेल्दै र सामाजिक संरचनामा खेल्दै समाज र देश ध्वस्त बनाउन काम गर्छन् भनेर लगाइएको आरोप पुस्टि भएको छ।

घरझगडा , डिभोर्स , समलिंगी हक आदिमा जात जनाउने मानवअधिकारवादीहरु यस्तो माथि बताईएको बर्बरतामा मौन बस्छन् भने उनीहरुलाई ” तिनकुने हत्याकाण्ड ” बाट दुख लागेको हैन बरु आनन्द आएको थियो भन्ने अनुमान लगाउन सकिन्छ किनकि त्यो विरुद्ध बोल्दा उनीहरुले नै ल्याईदिएको व्यवस्था विरुध्द जनआक्रोश आउनसक्छ भन्ने बुझेर , यो व्यवस्था टिकाइदिने जिम्मा पाएका मानवअधिकारवादीले आफ्नो कर्तब्य र धर्म मानवको अधिकारबारे बोल्नुमा हैन बरु आफूलाई डलर दिने श्रोतको अधिकार र यहि मानवअधिकार व्यवशाय फस्टाउने व्यवस्थालाई नै सुनिस्चित गराउनुमा केन्द्रित देखिन्थ्यो।

घटनाको दोषी को त ?

अन्त्यमा , घटनाको दोषी राजावादीहरु छैनन् र थिएनन भनेको हैन। जुनसुकै वादि भएपनि जसले अराजक गतिविधि गर्छ उसलाई राज्यले नियन्त्रण लिनु नै पर्छ।

तर, राज्यको काम आफ्नो जनताको सुरक्षा गर्ने हो।  ताकि ताकि गोलि ठोक्ने हैन। त्यो पनि त्यस्तो प्रदर्शनमा जहाँ सुरक्षाकर्मी र आन्दोलनकारिको संख्या बराबर छ। ( राज्यले भनेअनुसार )

साधारण जनतालाई गोलि ठोक्नसक्ने र बाटोमा हिडिरहेका , गल्लि भित्रका सर्वसाधरण समेत नछोडी एकदिने प्रदर्शनमा नै २० जनालाई गोलि ठोक्ने , अंगभंग गराउने र नागरिक हत्या गर्ने काम, दिनदहाडै नरसंहार गराउने काम आन्दोलनकारीले नभई राज्यले नै गरेको हो।

भित्र जलेका पत्रकार कसरी जले ? राजावादीले जलाए वा अन्य कसैले ? प्रमाणित भएको विषय हैन तर गोलि ठोक्ने चाहिँ प्रहरि नै थियो भनेर प्रहरीले नै भनिसकेको अवस्था भएको कारण आन्दोलन नियन्त्रण लिन नसकी गरिएको बर्बरता र नरसंहारको जिम्मा अब प्रहरीकै सम्रचना चलाउने गृह मन्त्रालय , प्रधानमन्त्री , काठमाण्डौ सिडिओ , प्रहरीका आइजीपी र काठमाण्डौ प्रहरी प्रमुखले लिनुपर्छ र मानवअधिकारवादि र भ्रम फैलाउने मिडियाले पनि यसको जिम्मा लिनुपर्छ।

अन्यथा अर्को सजिलो बाटो पनि छ,

जसरी घरमा गरेको सबै नराम्रा घटनाको दोष बोल्न नसक्ने निर्दोष बच्चालाई लगाएजस्तै फेरी पनि यी सबै दोष थुपारिदिए पनि मौन नै बस्ने , केहि नबोल्ने र सबैलाई बढि भएको , कसैलाई मन नपर्ने , केहि गर्ननसक्ने एकैजना व्यक्ति जीवित छन देशमा। तिनै व्यक्तिलाई यी सबै घटनाको जिम्मेवार बनाई उनलाई सकिन्छ भने देश निकाला नै गरिदिउँ ,सकिन्न भनेपनि जन्मकैदसम्म हालिदिउँ। टन्टै साफ !!

यसो गर्दा गणतन्त्र पनि जोगीईराख्ने , यी सबै घटनाको जिम्मा लिनु पनि नपर्ने , मानव अधिकारवादी , मिडीयाकर्मि देखि लिएर सबैको उद्देश्य र चाहना पनि पूरा हुने र सबैलाई खुशी मिल्ने यो जत्तिको सजिलो अनि सरल उपाय अरु केहि होला र महोदय ?? त्यसैले यी सबै घटनाका दोषी ” पूर्वराजा ज्ञानेन्द्र शाह ”  नै हुन्। यसमा राज्यको कुनै दोष छैन। लेखकको पनि अन्तिम करार यहि हो।

आजको लेख चित्त बुझेको भए सक्दो धेरै फैलाईदिनुहोला !! लेखमा केहि सच्याउनुपर्ने भएमा वा यो लेखले कतै असर पर्ने देखिएमा तत्काल संसोधन गर्नेगरी हामि जिम्मेवार छौं।  त्यसको लागि [email protected] मा ईमेल गरिदिनुहोला।