FLASH NEWS

सडक खाली नगरी संसद भवन पुगे राष्ट्रपति पौडेल


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार १६:१८ मा प्रकाशित २४०१ पाठक संख्या

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन् ।


उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बिहान बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।

राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो । यद्यपि, बानेश्वरको आकाशेपुलबाट भने मानिसहरुलाई ओरालिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।

यो पनि पढनुहोस् :आफ्नो आवागमनमा कुनै तामझाम नगर्न राष्ट्रपतिले दिए सुरक्षा निकायलाई निर्देशन