आज: | Thu, 29, Feb, 2024
FLASH NEWS

सेल्फी सुपरफ्लप भएपछि अक्षयकुमार तनाबमा


नेपाल आवाज १३ फाल्गुन २०७९, शनिबार २०:१६ मा प्रकाशित १३४५ पाठक संख्या

मुम्बई । अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ ।

सबैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्सन गरेर सबैलाई निराशा बनाई दिएको छ ।

‘गुड न्युज’ र  ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’ को निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँगै इमरान हाश्मी पनि छन् । दुई ठूला नाम भए पनि फिल्मले यति हलुका सुरुवात गर्दछ भन्ने कसैले सोचेको पनि थिएन । बक्स अफिस रिपोर्टका अनुसार ‘सेल्फी’ले शुक्रबार मात्रै २.५ करोड कमाएको छ ।

अक्षयको करियरको सबैभन्दा खराब फ्लप मध्ये एक, ८१० तस्विरले ले २००९ मा २ करोड भन्दा कम ओपनिङ गरेको थियो। यसपछि अक्षयको कुनै पनि फिल्मले यस्तो खराब सुरुवात गरेको थिएन । त्यसपछि सेल्फी रहन पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । यतिखेर अक्षयकुमार तनाबमा रहेका छन।