FLASH NEWS

बिकास बैंकहरुले घटाए ब्याजदर, भोली देखी लागु हुने


नेपाल आवाज ३० फाल्गुन २०७९, मंगलवार ०८:०६ मा प्रकाशित १७०५ पाठक संख्या

काठमाडौं ।  बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरु ले ब्याजदर घटाउने निर्णयमा पुगेका छन ।


डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशत सम्म घटाउने निर्णय गरेको हो ।

जस अनुसार चैत १ गते देखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सो भन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।