FLASH NEWS

भारत टुक्र्याउने अभियान्ता अमृतपाल सिंह नेपाल पसेको आशङ्का


नेपाल आवाज १३ चैत्र २०७९, सोमबार ०७:५३ मा प्रकाशित १८०१ पाठक संख्या

काठमाडौँ । गृह मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रका भू-भागमा उच्च सतर्कता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।


भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल-भारत सीमा क्षेत्र हाई अलर्टमा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

भारतमा खालिस्तान नामक अलगै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल आएको वा आउन सक्ने सम्भावना बढेको भन्दै त्यस्तो निर्देशन दिइएको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत सीमित प्रहरी अधिकारीहरू नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेका छन् ।

सो विषयमा विशेष ब्युरोले आजै मात्र कार्यभार सम्हालेका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई रिपोर्ट गरिसकेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।