FLASH NEWS

घट्यो सुनको मूल्य


नेपाल आवाज १३ चैत्र २०७९, सोमबार ११:१९ मा प्रकाशित ३४९३ पाठक संख्या

काठमाडौं, १३ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार पनि २०० रुपैयाँले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, साेमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। साेमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।