FLASH NEWS

महोत्तरीमा हतियार देखाएर दिनदहाडै लुटियो एनएमबि बैंक


नेपाल आवाज १६ जेष्ठ २०८०, मंगलवार १६:०७ मा प्रकाशित ३५६५ पाठक संख्या

जनकपुरधाम – महोत्तरीमा हतियार देखाएर दिददहाडै बैंक लुटिएको छ । दिउँसो करिब १२ः२० बजेको समयमा चार जनाको समूहमा आएको हतियारधारी समूहले महोत्तरी गाउँपालिका महोत्तरी बजारस्थित एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बैंकबाट करिब ३५ लाख लुटिएको बताए । प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ ।

उनले बैंक लुटेर फरार हतियारधारी समूहलाई पक्राउ गर्न सबैतिर प्रहरी खटाईसकेको बताए । ‘खोजविन तीव्र रुपमा भइरहेको छ,’ एसपी मल्लले भने,‘अपराधीलाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्छौ ।’

बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ । जसमा मास्क लगाएका तीन जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडियोमा देखिन्छ । अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ । प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन । तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।