FLASH NEWS

पोखरा पर्यटनको राजधानी घोषणा ! प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे लोगो अनावरण


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १३:२० मा प्रकाशित ४५१ पाठक संख्या

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच आज पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । य़ूओ आजदेखि औपचारिक रूपमा पोखरा पर्यटनको राजधानी बनेको हो ।


पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नको लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले निरन्तर दबाब सिर्जना गर्दै आएको थियो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरिएको थियो ।  समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

आज प्रधानमन्त्रीले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे । विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको हो ।