FLASH NEWS

गोलनेपाल डटकमले पूरा गर्‍यो १५ वर्ष


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार १९:०५ मा प्रकाशित १७०५ पाठक संख्या

काठमाडौ – नेपाली फुटबलको हरेक कुनालाई चियाउँदै फुटबल समर्थकमाझ आफुलाई विशेष रुपमा चिनाउन निरन्तर प्रयासरत रहेको गोलनेपाल डटकमले आजकै दिनदेखि १५ वर्ष पूरा गरेको छ ।


शुरूवाततिर सिमित श्रोत, साधन र अनेक चुनौतीका बीच नेपाली फुटबलको हिजो, आज र भोलीलाई समस्त फुटबल समर्थक माझ पस्कने जमर्को गरेको गोलनेपालले त्यो अभियानलाई अझै जारी राखेको छ ।

बिबा मिडिया ग्रुप कै एक अभिन्न अंगका रुपमा अहिले नेपाली फुटबलमा सक्रिय रहेको गोलनेपाललाई सबैको साथ, सहयोग र माया मिलेको बिबा मिडीया ग्रुपका सिईओ बिक्रम थापाले बताए ।

सिईओ थापा भन्छन, “सबैको साथ र सहयोगले नै गोलनेपालको यो यात्राले यतिको दुरी कायम गर्न सफल भयो । हामी हरेक गाउँठाउँमा पुग्न चाहन्छौं । हरेक स्थानीय फुटबल र खेलाडीहरुको आवाज बन्न चाहन्छौं । यसमा सबैको साथ, समर्थन र सहयोगको खाचो हामीलाई छ ।”

गोलनेपाल हरेक महिना कुनै जिल्लामा पुगी त्यहाँ रहेका युवा फूटबल परियोजना, महिला फूटबल, जिल्ला फूटबल संघ र त्यहाँ रहेका क्लब, रेफ्री, सामुदायिक बिद्यालयहरुलाई सहयोग प्रदान गर्दै आएको छ।

नेपाली फुटबलमा गोलनेपालको यो यात्रा अझै शुरूवात मात्र रहेको बताउँदै सिइओ थापाले गोलनेपाललाई यहाँसम्म ल्याईपुर्याउन सहयोग गर्नुहुने सबैलाई आभार र धन्यवाद दिए । स्मरण रहोस्,थापाले खेलकुद क्षेत्रमा भने पत्रकारिता गरेको २१ वर्ष पुरा भएको छ ।