FLASH NEWS

एन्फाका उपाध्यक्ष लामा छुटे


नेपाल आवाज ६ बैशाख २०८१, बिहीबार १४:०० मा प्रकाशित ३२५ पाठक संख्या

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् ।


बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि नै तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि रिहा भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेकोका छन् ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।