FLASH NEWS

आज सेयर बजार संगै बैंक–वित्तीय संस्था पनि बन्द


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार ०९:२८ मा प्रकाशित २७१ पाठक संख्या

काठमाडौं । नेपाल सरकारले आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।


अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।

यसअघि मंगलबार बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।