FLASH NEWS

साढे ४५ अंकले बढ्यो नेप्से


नेपाल आवाज ६ जेष्ठ २०८१, आईतवार १७:१४ मा प्रकाशित ६९१ पाठक संख्या

साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ ।नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । जसअनुसार आइतबार करिब ५ अर्ब २५ करोड रुपैयाा बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।नेप्सेको सर्भरमा समस्या आएका कारण आजको कारोबारको पूर्ण विवरण हेर्न समस्या भएको छ ।