FLASH NEWS

जब भारतमा तेस्रोलिङ्गीको एकजोडी गर्भवतीको फोटोसुट भाईरल भयाे


नेपाल आवाज २९ माघ २०७९, आईतवार १८:२५ मा प्रकाशित १६९३ पाठक संख्या

केरला । भारत केराला राज्यका एक तेस्रो लिङ्गी दम्पतीले खिचेको गर्भावस्थाको फोटोसुट सामाजिक सञ्जालमा भाइरल भएको छ । दम्पतीले गर्भधारण गरेको फोटोसुट गरेर ईन्स्टाग्राममार्फत जब बाहिर ल्याए, जो अहिले संसारभर भाईरल भईरहेको हाे ।


दक्षिणी राज्य केरलामा बस्ने २१ वर्षीय जिया पावल र उनको २३ वर्षीय साथी जहादको गर्भवती भएको तस्विर अहिले भाईरल भएको हो । भारत जस्तो रुढीवाद समाजमा आफ्नो लिङ्ग परिवर्तन गरी र गर्भवतीसमेत भएको फोटो सार्वजनिक गरे पछि अनेक क्रिया प्रतिक्रिया आईरहेका छन । सामाजिक सञ्जालमा धेरैले लिङ्ग परिवर्तन गरेका यो जोडीलाई बधाई दिईरहेका छन । भारतमा करिब २० लाख तेस्रो लिङ्गी रहेको अनुमान गरिन्छ यद्यपि उनीहरुको दावी अनुसार  यो संख्या अझ बढी छ । भारतीय रुढवादी समाज र संस्कृतिका कारण पनि उनीहरु धेरै खुल्न सकिरहेका छैनन, जो खुलेका छन, त्यहाँको समाजले अझै पनि हेय र हाँस्यको दृष्टीले हेर्दै आएको छ । धेरै जसो उनीहरु नतर्की पेसामा आबद्ध छन, जसले भारतीयहरुलाई सस्तो मनोरञ्जन दिईरहेका छन् ।

तर, पावल र जाहादको फोटोसुट सार्बजनिक भए पछि भारतीय तेस्रोलिङ्गीहरुलाई उत्साह छाएको छ, उनीहरुमा हौसाला बढीरहेको छ । एक तेस्रो लिङ्गी प्रिंयका दासले भनिन, ‘यसले हामीजस्ता तेस्रो लिङ्गीहरुलाई हौसला प्रदान गरेको छ, मलाई लाग्छ– हाम्रो शारिरिक बनावटमा खिल्ली उडाउनेहरु क्रमश: हामीलाई एकदिन सम्मान दिन थाल्ने छन, जसरी अरु बिकसित देशमा सम्मान पाईरहेका छन ।’ भारतको सर्वोच्च अदालतले पनि यसअघि नै यो निर्णय गरिसकेको छ कि तेस्रोलिङ्गीहरुलाई भारतका अन्य लिङ्गका मानिसहरू झै समान अधिकार छ। कानुनी रुपमा स्वतन्त्र र अधिकार सम्पन्न भएपनि भारतको सामाजिक र सांस्कृतिक परिवेशका कारण अझै पनि तेस्रो लिङ्गीहरुलाई समाजका अगाडी उभिन त्यति सहज भईरहेको छैन् । उनीहरू अझै पनि शिक्षा र स्वास्थ्य सेवालगायतका क्षेत्रमा समान पहुँच गर्न संघर्ष गरिरहेका छन् ।

तर, पछिल्लो समयमा धेरै तेस्रो लिङ्गीहरुले औपचारिक कार्यक्रम नै गरेर आफु पनि अरु मानिस जस्तै स्वतन्त्र रुपमा हिडडुल गर्न र कानुनी अधिकारका लागि लडिरहेका भेटिन्छन, जसले उनीहरुलाई समाजका अन्य जस्तै छात्ति फुकाएर हिडन सहज बनाउने कोशिश गरिरहेका छन । सर्वोच्चले दिएको कानुनी अधिकारका कारण पनि भारतीय समाज पनि क्रमशः तेस्रो लिङ्गी प्रति नरम र खुकुलो हुदैँ गएको छ तर त्यति सहज भने भईसकेको छैन ।उता, पावल र जहादको फोटोसुटले भारतमा क्रान्ति गरेको टिप्पणी पनि गर्न क्रमश: बढन थालेका छन । जिया पवल र जाहादको तीन वर्ष पहिले भेट भएको थियो  । त्यो बेला उनीहरु दुवै आफ्नो परिवारबाट अलग भईसकेका थिए, उनीहरुलाई परिवारले साथ दिएका थिएनन, बरु उनीहरुका कारण गाउँ, छिमेक र आफान्तका अगाडी सरमको बिषय भनेर लुकाउन हरपल खोजिरहेका हुन्थे । ‘म रूढिवादी मुस्लिम परिवारबाट आएको हुँ,मलाई शास्त्रीय नृत्य सिक्ने मन थियो तर मलाई परिवारले त्याे अनुमति दिएन,’ पावल सम्झिन्छन, ‘मेरा आमाबाबु रूढिवादी छन्, यतिसम्मकी उनीहरूले मेरो कपालसमेत काटिदिए ताकि म नाच्न नसकु ।’

पावलका अनुसार त्यसपछि एक युवा महोत्सवमा सहभागी हुन गएको जनाउँदै घरवाट निस्केको र त्यसपछि अब घर कहिल्यै घर नफर्कने कुरा परिवारलाई बताईदिइन । र, उनी सिधै  तेस्रोलिङ्गीहरुले सञ्चालन गरेर सामुदायिक केन्द्रमा कसरी नाच्ने ? भनेर सिक्न थालिन अहिले उनी कोझिकोड जिल्लाका बिद्यार्थीहरूलाई नाच्ने तरिका सिकाउँछिन्।जाहद भने तिरुवनन्तपुरम सहरको माछा मार्ने समुदायका क्रिश्चियन परिवारबाट आएका हुन्। र हाल उनी नजिकको सुपरमार्केटको लागि काम गर्छन । तर, स्थीति अहिले फेरिएको छ, तेस्रोलिङ्गीको रुपमा बाहिर आएपछि जाहदले  पनि आफ्नो परिवार छाडेका थिए । तर, अहिले उनी गर्भवती भएपछि उनको परिवारले यो जोडीलाई स्वीकार गरेको छ र सहयोग गर्नसमेत थालेको छ ।

जाहादकी आमाले सुरुमा दम्पतीलाई आफ्नो गर्भावस्थाको तस्विर सार्वजनिक नगर्न भनेकी थिइन तर पछि अनुमति दिए पछि गत हप्ता उनीहरूको इन्स्टाग्राममा तस्विर राखिदिए, जसले अहिले निकै चर्चा परिचर्चा हुन थालेको छ । तर, पावलको परिवारले भने अझै पनि उनीहरूलाई स्वीकार भने गरिसकेको छैन । पावल नृत्य शिक्षिका हुन भने भने जाहाद लेखापालका रुपमा काम गरिहेका छन् ।इन्स्टाग्राम गर्भवती भएको तस्विर राखे पछि धेरैले सकारात्मक प्रतिक्रिया दिएको उनीहरुले बताएका छन । उनीहरु आफनो निर्णय प्रति खुसी रहेको पनि जनाईरहेका छन र अरुलाई खुल्नलाई अपिल गरिरहेका छन ।