आज: | Thu, 29, Feb, 2024
FLASH NEWS

अष्ट्रेलियामा नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया


नेपाल आवाज २८ फाल्गुन २०७९, आईतवार १७:५७ मा प्रकाशित १८२५ पाठक संख्या

काठमाडौं ।  नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ ।

शोका विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन् । पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्नेछन् ।

कार्यक्रम मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा हुने तय गरिएको छ । कार्यक्रमका मुख्य निर्णायक मानस घले नेपालका चर्चित ¥यापर हुन् र उनको उपस्थितिले प्रस्तुतिलाई नयाँ उचाइमा पु¥याउने निश्चित रहेको कार्यक्रम आयोजकहरू बताउँछन् ।

कार्यक्रम अस्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले आयोजना गरेको हो । कार्यक्रमका कार्यकारी निर्माता सुदिप पोखरेल र रोशन श्रेष्ठ हुन् ।

अस्ट्रेलियामा भएका दर्शकहरूले कार्यक्रम हेर्न चाहेमा टिकट बुकिङ गर्न सक्नेछन् । कार्यक्रमको सञ्चालक सुजता श्रेष्ठले कार्यक्रमभर दर्शकलाई मनोरञ्जन र व्यस्त राख्न साथ दिने बताएकी छन् ।