FLASH NEWS

स्रोत नखुलेको रकम र चेकसहित पक्राउ


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १७:२४ मा प्रकाशित ५११ पाठक संख्या

वीरगंज महानगपालिका-१६ बाट स्रोत नखुलेको नगद ६ लाख ७६ हजार नेपाली रूपैयाँ र २८ हजार भारतीय रूपैयाँसहित सोही ठाउँ बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-६ घर भएका ५० वर्षीय रामबाबु साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।