FLASH NEWS

कप्तान रोहित पनि आउट


नेपाल आवाज ७ बैशाख २०८१, शुक्रबार १२:३० मा प्रकाशित ३५५ पाठक संख्या

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान पौडेलको रुपमा तेस्रो विकेट गुमाएको हो ।


रोहितले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका हुन् । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा ३ विकेट गुमाउदै ३८ रन बनाएको छ ।