FLASH NEWS

एक बैंक खाता खोल्दा एक रुख रोपिदिने सिटिजन्स बैंकको कार्यक्रम


नेपाल आवाज २४ बैशाख २०८१, सोमबार १२:२७ मा प्रकाशित १५७ पाठक संख्या

काठमाडौं । काठमाण्डौ लगायत नेपालको कैयौं क्षेत्रमा डढेलोको कारण वातावरण प्रदुषित भएको छ। पर्यावरण जोगाउनु अत्यन्त महत्वपूर्ण रहेको बेलामा यसरि जंगलमा क्षति पुग्नु भनेको विश्वलाई नै नकारात्मक संदेश हो। यहि अवस्था बनिरहेको बेलामा सिटिजन्स बैंकले भने आफ्नो बैंकमा खाता खोल्दा उक्त ग्राहकको नाममा बैंकले एउटा रुख रोपिदिने योजना ल्याएको छ। सिटिजन्स बैंक पैसाको कारोबारका साथै वनजंगलको संरक्षणमा समेत जुटेको छ ।


बैंकले नयाँ वर्ष सन् २०२४ को सुरुवात देखि नै वातावरणमैत्री समाजका लागि ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । ‘हजुरको नयाँ स्मार्ट बचत खाता, सिटिजन्स बैंकद्वारा एक वृक्षारोपण’ नाराका साथ ‘एक खाता, एक वृक्ष’ स्मार्ट खाता सञ्चालनमा ल्याएको जानकारी बैंकले दिएको छ ।

सन् २०२४ भरि नै  ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूका लागि बैंकले एक खाताबराबर एक वृक्षारोपण गर्नेछ । ‘ एक खाता एक वृक्ष ’ स्मार्ट खाता शून्य ब्यालेन्समा खोल्न सकिने कुरा बैंकले उल्लेख गरेको छ। स्मार्ट बचत खातामा रकम जम्मा गर्दा ग्राहकहरूले ४.१५ प्रतिशत ब्याजदर पाउने छन् । ग्राहकहरूले निःशुल्क डिम्याट खाता र एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा साथै, ग्राहकहरूले निःशुल्क ‘थ्री–डी सेक्युर ई–कमर्स’ कारोबारसमेत उपभोग गर्न सक्ने छन् ।

बैंकले एक वर्षमा १ हजारभन्दा बढी खाता खोल्ने लक्ष्य राखेको छ । सोही आधारमा बैंकले ग्राहकहरूको नाममा रूख रोपिदिनेछ । रुख रोप्न लाग्ने सबै खर्च बैंक आफैंले गर्नेछ। विश्व वातावरणमा चुनौती आईरहेको बेलामा बैंकको यो एउटा अत्यन्त सकारात्मक काम रहेको भन्दै ग्राहकहरुको प्रतिक्रिया अत्यन्त राम्रो आईरहेको छ।